नेशनल फेस्टिबल म्युजिक अवार्ड २०७६ को आबेदन फर्म सार्वजनिक

काठमाण्डौं,भाद्र २३ । “अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन कला, गला,संस्कृती संरक्षणमा हाम्रो अभियान” भन्ने मुलनारा सहित “नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक भएको छ । यस अवार्डमा बिभिन्न बिधा गरी जम्मा २० वटा बिधा तोकिएको छ ।

सामना म्युजिक क्रियशन प्रा.लि. द्धारा आयोजित यस “नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” मा आबेदन फर्म शुल्क रु १ हजार निर्धारण गरिएको छ । यस अवार्डमा दशै, तिहार र प्रदेशी गीत मात्र समाबेश गरिने छ । गायक गायिकाको हकमा भिडियो बजारमा नआएतापनि अडियोको हकमा सहभागी हुन सकिने कुरा आयोजक पक्षले जनाएको छ ।

यही भदौ २४ गते सम्मका लागी यस अवार्डको आबेदन फर्म खुल्ला गरिएको छ । अन्य अवार्ड भन्दा पृथक तरिकाले आयोजना हुन लागेको यस अवार्ड सफल बनाईदिन सहयोगीदाता र कलाकारहरु संग आयोजक पक्षले अनुरोध समेत गरेको छ । अवार्डको आबेदन फर्म भर्नका लागी सामना म्युजिक क्रियशन प्रा.लि.को कार्यालय, अनामनगर, काठमाडौं (९८६८१५५५०६, ९८४७६५८९६०) मा सम्पर्क गर्नुपर्ने छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv