भगवान भण्डारी र बिमा कुमारी दुराले गीत गाउँदै भनिन मिर्गौला पीडितलाई सहयोग गर्नुहोस्

मानव सेवा नै धर्म हो भन्ने मुल आशयले भदौ २४ गतेका दिन वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी “बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न भएको छ । सो कार्यक्रममा सभापतिको रुपमा वल्ड वाईड न्युज नेपालका अध्यक्ष तथा सञ्चालक प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए । बरिष्ठ लोक गायिका बिमा कुमारी दुराको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चर्चित लोक गायक भगवान भण्डारी बिशिष्ट अतिथीको रुपमा रहेका थिए ।

कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । चर्चित लोक गायक भगवान भण्डारीले मृगौला पिडीत बिन्दु बिकको लागी उपचारार्थ खर्चका लागी रु ५ हजार आर्थिक सहयोग गरेका थिए भने आर्थिक सहयोग संकलन बापत उठेको केही रकम पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उपस्थित कलाकारहरुले पनि मृगौला पिडित बिन्दु बिकलाई आर्थिक सहयोग गरेका थिए भने बरिष्ठ लोक गायिका बिमा कुमारी दुराले दशै भन्दा अघि नै कार्यक्रममा पाएको एक दिनको पारिश्रमिक हस्तान्तरण गर्ने घोषणा गरेकी छिन् । निज बिकलाई बचाउनका लागी देश तथा बिदेशबाट आर्थिक सहयोग गरिदिनका लागी भगवान भण्डारी र बिमा कुमारी दुराले अनुरोध गरेका छन् । बिन्दु बिकको हाल : सुमेरु हस्पिटलमा उपचार भैरहेको छ । बिन्दु बिकको आर्थिक अवस्था निकै कमजोर भएकोले निजको उपचारको क्रम अगाडी बढाउन सकिएको छैन ।

बिन्दु बिकको दुई वटा छोरा रहेका छन् र उनको श्रीमानले दोस्रो बिहे गरेर भारतमा बस्दै आईरहेका छन् । हाल : उनको श्रीमान् सम्पर्कबिहिन छन् । उनको बच्चा र उनलाई माईती पक्षले पालन पोषण गरेका छन् । सोही कार्यक्रममा मृगौला पिडित बिन्दु बिक रुदै मलाई अहिले सम्म कसैले सहयोग गरेनन् भन्दै देश तथा बिदेशमा रहनु हुने नेपालीहले आर्थिक सहयोग गरि दिन अनुरोध गरिन् । उनलाई अर्थिक सहयोग गर्नका लागी माछापुच्छ्रे बैंक चाबहील शाखा, काठमाडौं, नाम बिन्दु बिक, खाता नं. ५६- २३-५२४-६९७८३८-०१७ मा सिधै पैसा पठाउन सकिने छ । मृगौला पिडित बिन्दु बिकलाई ९८४७८७२६०८, उनको बुवा नियम बिकलाई ९८६६१११४७८ मा सम्पर्क गर्न पनि सकिने छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv