दबंग प्रहरीको छवि बनाएका एसपी कार्की, अ’पराधीविरुद्ध फेरि निर्मम बने

पोखरा,भाद्र २६ । – कास्कीको पोखरामा बिहीबार एक व्यवसायीको अ पहरण भयो। विहान १० बजेर ५० मिनेटमा पोखरा ६ लेकसाइड बस्ने ४५ वर्षीय निर्माण व्यवसायी रत्नबहादुर कार्की ‘जीवन’को अज्ञात समूहले अ पहरण गर्यो। पोखरा ९ नयाँबजारस्थित सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको कार्यालय भवन अगाडिको सडकबाट ४/५ जनाको समूहले जीवनलाई जब रजस्ती गाडीमा हालेर लगेका थिए। साथमा पल्सर मोटरसाइकलले स्कटिङ गरेको थियो।

लगत्तै प्रहरीले यो सूचना पायो। अ पहरणकारीविरुद्ध कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले तत्कालै एक्सन लिए। फलस्वरुप कास्की प्रहरीको टोलीले आधा घण्टामै अ पहरणकारी समात्न सफल भयो। प्रहरी टोलीले ११ बजेर ३० मिनेटमा पोखरा ९ शान्तिवन स्थित निर्माण व्यवसायी समितिको कम्पाउण्डभित्रबाट अ पहरणमा परेका व्वयसायी जीवनलाई सकुशल उद्धार गर्दै ४ जना अ पहरणकारीलाई नियन्त्रणमा लियो। पक्राउ पर्नेमा पोखरा १५ का ४२ वर्षीय गौतम थापा, पोखरा २ अर्चलबोटका ३४ वर्षीय रोहित सुनार, पोखरा ८ बस्ने ५० वर्षीय बासुदेव पोखरेल, पोखरा १० का ५४ वर्षीय प्रेमबहादुर थापा रहेका छन्। उनीहरुले प्रयोग गरेको सवारीलाई प्रहरीले बरामद गरेको छ।

नेपाल प्रहरीको कार्यसम्पादनमा सायद पहिलोपटक प्रहरीले घण्टा नवित्दै अ पहरणकारी समात्न सफल भएको छ। दानबहादुर कार्की कास्कीको प्रहरी प्रमुख भएर आएपछि यहाँ अ पराधी धमाधम पक्राउ पर्न थालेका छन्। डिएसपी छँदा काठमाडौंमा दबंग प्रहरीको छवि बनाएका कार्की पोखरामा पनि अ पराध र अपरा धीविरुद्ध निर्ममरुपमा प्रस्तुत भएका छन्। कार्की जेठ १७ गते प्रहरी प्रमुखका रुपमा कास्की आएका थिए।

उनी आएपछि कास्कीमा ला गुऔ षध, लैंगिक हिं सा, आर्थिक अप राधविरुद्ध प्रहरी सक्रिय भएको छ। विभिन्न कसुरमा कास्की, तनहुँ, स्याङजा, मनाङ र लमजुङका ५२ जना पक्राउ परेका छन्। नागरिक दैनिक अनलाइनमा समाचार छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv