नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगलागी

नवलपरसी,भाद्र २६ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगलागी भएको छ।
कञ्चनपुर बेलौरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा आज बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगलागी भएको हो।

उक्त बस पूर्णरूपमा क्षति भए पनि मानवीय क्षति केही नभएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए।

‘त्यहाँबाट आउँदै गरेको बस दाउन्ने पुगेर बिग्रिएको र यात्रुहरूलाई अर्को गाडीमा राखेर पठाएको थियो। पछि खाली गाडी बिग्रिएर बनाउन लग्ने क्रममा इन्जिन सर्ट भएर आगलागी भएको हो’, डिएसपी थापाले भने ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv