नेपालगंज तताउदै डिजे डेक्सी

स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपालगंजका युवायुवतीलाई स्वइमिङ्ग पुलमा झुमाउने भएकी छिन् । यहि अषाढ ४ गते सोमबार नेपालगंजको होटल सिग्नेट इन कृष्णको स्वइमिङ्ग पुलमा आयोजना हुने सान मिगल वेट फेष्टमा डिजे डेक्सी लगायत नेपालकी सेक्सिएष्ट डिजे जेनी र डिजे प्रज्वलले पनि डिजे कला प्रस्तुत गर्ने आयोजक एक्स जेनेरेसनले बताएको छ ।


नेपालका मध्य र सुदुर पश्चिम क्षेत्रमा विभिन्न सांगितक कार्यक्रम, पुल डान्स पार्टी, फेशन शो तथा मिस नेपालगंजको आयोजना गर्दै आइरहेको एक्स जेनेरेसनले यो पाली नेपालगंजकै इतिहासमा पहिलो पटक अन्तराष्ट्रि स्तरको डिजे उपस्थितीमा पुल पार्टी गर्न लागेको हो । यसपालीको ग्राण्ड इभेन्टमा एक्स जेनेरेसन संग मेडली इभेन्ट र मिडिया प्रालीले पनि सहकार्य गरेका छन् ।


सोमबार बेलुकाको कार्यक्रमा नेपालगंज र नेपालगंज आसपासका दुई हजार भन्दा बढी युवायुवतीको उपस्थिती रहने जानकारी एक्स जेनेरेसनका निर्देशक संयोग जंग शाहले दिए । बहु प्रतिक्षित वेट फेष्टमा चर्चित मोडल सन्धा के.शी. र मानस घले कार्यक्रम प्रस्त्वता रहनेछन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv