नेपाली महिला सँग विहे गर्ने विदेशी पुरुषलाई नागरिकता लिन १५ बर्षको समय

काठमाण्डौ,भाद्र २७ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससँग सम्बन्धित क्षेत्रमा असर पर्ने भएकाले अंगीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् । उनले सिमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरी अंगिकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको बताएका हुन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नागरिकता सम्वन्धी बिधेयकमाथिको छलफलमा गृहमन्त्री थापाले सरकार दोहोरो नागरिकता नहोस् भन्नेमा पनि सचेत भएको पनि जानकारी दिए ।

गृहमन्त्री थापाले नागरिकता सम्बन्धी छिमेकी मुलुकको व्यवस्थालाई समेत मध्यनजर गरि नेपाली पुरुषसँग विहे गर्ने महिलालाई नेपाली अंगीकृत नागरिकता प्राप्त गर्ने समय सात वर्ष तोकिएको पनि उल्लेख गरे । नागरिकता सम्बन्धी विधेयक समितिमा झण्डै छ महिनादेखि छलफलकै क्रममा रहेको छ ।

आजको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संशोधनका बारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समिति विधेयक सम्बन्धमा निर्णयमा पुग्न सकेन । विधेयकमा नेपाली अंगीकृत नागरिकता पाउनका लागि नेपाली पुरुष संग विहे गर्ने विदेशी महिलालाई ७ बर्ष र नेपाली महिला संग विहे गर्ने विदेशी पुरुषलाई १५ बर्षको समय राखिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv