ज्ञानेन्द्र समुहलाई मन्त्री भट्टराईको गर्जन – ‘मण्डले प्रवृत्ति’ को बिरोध र ध’म्कीले रत्तिभर बिचलित भइदैन ‘

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा पर्यटन वर्ष २०२० को बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन मार्फत मन्त्रि भट्टराईले पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न सरकारले के के गरिरहेको छ र कसरी पर्यटन वर्ष सफल बनाउन सकिन्छ भन्ने बारे जानकारी दिएका छन् । पर्यटन वर्षमा पर्यटक ल्याउन सरकारले के के गरिरहेको छ र पछिल्लो अपडेट बारे संचार माध्यमलाई मन्त्रि भट्टराईले जानकार गराएका हुन् ।

मन्त्रि भट्टराईले पत्रकार सम्मेलनमा भने: “नेपालमा २०२० वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य लिइएको छ । पर्यटकले नेपालमा १५ दिन बसाई गरुन र दैनिक ६५ डलर सम्म खर्च गरुन भन्ने लक्ष्य सरकारले लीएको छ । नेपालको एक मात्र अन्तराष्ट्रिय एयरपोर्टलाई बुटिक होटल बनाउने र २४ घण्टा नै खुला राख्ने गरि संचालन गरिने तयारी पनि चलिरहेको छ । सार्क र बिमस्टेक जस्तो सम्मेलन नेपालमा हुदा अन्तराष्ट्रिय स्तरमा हाम्रो देशको राम्रो छाप परेको छ जसले गर्दा पर्यटनहरु पर्यटन वर्ष २०२० मा नेपाल भ्रमणमा आउने तयारी गरिरहेका छन् । गौतम अन्तराष्ट्रिय विमानस्थल आउने डिसेम्बर सम्ममा तयार गर्ने योजना गरिरहेका छौ भने पोखराको अन्तराष्ट्रिय विमानस्थल पनि धमाधम निर्माणको कार्य चलिरहेको छ ।”

मन्त्रि भट्टराईका अनुसार विदेशका धेरै ठाउमा पर्यटन वर्षको प्रचार प्रसार तिब्र रुपमा भईरहेको छ । प्रत्येक नेपाली एम्बेसीमा पर्यटनको लागि विशेष कक्ष रहने र प्रचार प्रसार गर्न सहयोग गरिने छ । विदेशमा हुने नेपाली कार्यक्रम र एक्स्पोहरुमा पर्यटन वर्ष २०२० को प्रचार प्रसार गरिने छ र त्यसको लागि सरकारले कदम चालिरहेको छ । एनआरएनहरु लाई पनि जोडेर एक एनआरएन एक पर्यटन अभियान पनि चलाउने गरी योजना बनाईरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्नमन्त्री योगेश भट्टराईमाथि शनिबार नेपालगञ्ज विमानस्थलमा भएको दु व्र्यवहार र त्यसपछि आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भएको मन्त्रालयले जनाएको छ । मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंद्वारा आज जारी विज्ञप्तिमा घटना र त्यसपछि संलग्न समूहका सदस्यले व्यक्त गरेको विचारप्रति गम्भीर आपत्ति भएको उल्लेख छ । बिज्ञप्ति जस्ताको तस्तै तल पढ्नुहोस ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv