बाँच्ने आशा बोकेर काठमाण्डौ आउंदै गरेका रुपलालको, पृथ्वी राजमार्गको रातभरको सडक जामले बसभित्रै निधन !
काठमाण्डौं,असोज १० । राजधानीबाट पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुदै पूर्व-पश्चिम जाने र उक्त बाटो भएर राजधानी भित्रिने सवारीयात्रा आजकाल यात्रुहरुका लागि अत्यन्तै अत्यास लाग्दो र कष्टकर हुने गरेको छ। यात्राका क्रममा बाटोको ठाँउ ठाँउमा हुने गरेको सवारी जामका कारण यात्रा कष्टप्रद र झन्झटिलो समेत बनेको छ। त्रिभुवन राजपथ अन्तरगत नागढुङ्गा नौविसे सडक खण्डमा उकालो बाटो भएको र बढी भार लिएर राजधानी प्रवेश गर्ने सवारीका साधनहरु बाटोमै विग्रीनाले बढी जाम हुने गरेको छ।

बाटो पनि घुमाउरो भएकाले लामो सवारी साधनहरु गुडाउन समेत असहज हुँदा सामान्य कारणले पनि यात्रुहरु घण्टौ जाममा बस्न बाध्य हुने गरेका छन्। उकालो बाटोमा बढी भार बोकेका ट्रकहरु गुड्न नसकि बाटोमै विग्रने गरेकाले जाम बढ्ने गरेको हो। सवारी आवागमनमा भएको जामको पिडा यात्रुहरुले बेहोरिरहेका छन भने प्रहरीले जाम खुलाउन सधै सास्ती खेप्नुपरेको छ।
यसै कराममा आज एउटा अत्यत दुखद घटना घटेको छ । रातभरको सडक जामले धादिङको थाक्रे ६ महादेबबेशीस्थित पृथ्वी राजमार्गमा बस भित्रै निधन भएको छ । पैसा न हुँदा एम्बुलेन्समा आउन नसकेर बसमा यात्रा गर्दै आएका ३५ बर्षीय रूपलाल शाहको रातभरको सडक जामले बाटोमै निधन हुन् पुगेको हो । रौतहट बाट उपचारका लागि काठमाडौ आउदैं गरेका मृगौलापीडित शाहले बाटोको जामकै कारण संसार छोड्नु परेको छ ।