चिनियाँ राष्ट्रपतिको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघरसम्म झिलिमिली (फोटोफिचर)
काठमाडौं, असोज। चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाण्डौलाई सजाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्मका सडक झकिझकाउ पारिएको छ । त्यस्तै राष्ट्रपति भवन शीतल निवाससम्मको सडक पनि चिल्लो पारिएको छ । शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघर मण्डलासम्म झिलिमिली पारिएको छ ।

भ्रमणलाई लक्षित गरेर काठमाण्डौका झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सीले शनिबार र आइतबार नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ ।



