नेपालका नेताहरुलाई पैसा नदेउ, दियो भने खाइदिन्छन – मदन कृष्ण श्रेष्ठ ( भिडियो अन्तर्वाता )

काठमान्डौ,असोज २६ । चीनका महामहिम राष्ट्रपति सी जिङपिङ यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ उनको भ्रमण एतिहासिक बताइएको छ । यो भ्रमणले नेपाल र चीन बिचको सम्बन्ध २३ बर्ष पछी नयाँ ढोका खोलेको छ । हेर्नुहोस् भिडियो:-

नेपाल र चीन बिच कस्तो सम्बन्ध थियो भन्ने बिषयमा सताब्दी पुरुष सत्यमोहन जोशीले इतिहास खोल्दै भने ” नेपालले चीनलाई संस्कार, धर्म र कला दिएको छ । आज चीनमा यति धेरै सभ्यताको बिकास र धनी हुनु भनेको ५औं शताब्दीमा बुद्धभद्र फिलोसोफरले दिएको ज्ञान र योगदानले हो । त्यसैले हामीले उनिहरुलाई कल्चर दियौं । “उनले नेताहरुलाई सुझाव दिदैं भने ” चिनिया राष्ट्रपति सँग रेल, रकम र स्रोत माग्ने होइन । ” उनले आक्रोस पोख्दै भने ” ट्रली बस खाए,छाला जुत्ता कारखाना खाए त्यसैले यहाँ जे मागे पनि केही हुनेवाला छैन ।

बरीष्ठ कलाकार मदन कृष्णले भने “यो भ्रमणले सबै नेपालीहरु खुशी छन ,चीन भनेको विश्वमा अयन्त शतिशाली, अत्यन्त बिकासको चरम सिमामा पुगेको देशमा पर्छ त्यसबाट हामीले धेरै कुरा सिक्नुपर्छ । नेपालका नेताहरुलाई पैसा होइन बिकास कसरी गर्ने भन्ने बुद्धी देउ । ” भनेका छन सी को भ्रमण एतिहासिक नै होस् । कामना गरे ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv