चलचित्र ‘घामड शेरे’को टिजर सार्वजनिक

काठमाडौं । कार्तिक ८ गते रिलिज हुने चलचित्र ‘घामड शेरे’को टिजर रिलिज भएको छ। । पहिलो पल्ट ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्काले चलचित्रमा काम गरेको यस चलचित्रको गीतमा पनि उनीहरू दुई नै फिचर्ड छन् ।

युवापुस्तालाई मन पर्ने लभ स्टोरी कथामा चलचित्र बनाउन सिपालु मानिने हेमराज बिसी निर्देशन गरेको चलचित्रमा निश्चल र स्वस्तिमा श्रीमान्-श्रीमतीको भूमिकामा देख्न पाइने बताइएको छ ।

तर सार्वजनिक गीतमा उनीहरूलाई साली र भेनाको रूपमा देखाएको छ । गीतमा भेना निश्चलले साली मन पर्‍यो भन्दै स्वस्तिमालाई सम्बोधन गरेका छन् भने स्वस्तिमाले पनि निश्चललाई भेना भनेकी छिन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv