सालको पात टपरी पछि नायिका मरिष्का पोखरेल र चर्चित गायक कुलेन्द्र बिकको जम्यो जोडी । (भिडियो सहित)

काठमाण्डौं,असोज ३० । सांगीतीक क्षेत्रमा पछिल्लो समयमा पृथक किसिमका सांगीतीक कोसेलीहरु बजारमा आउने क्रम जारी छ । सोही क्रममा राजु बिरही लामाको पृथक सांगीतीक कोसेली ”सिलौटो” दुई साता नबित्दै अहिले चर्चा परिचर्चामा रहन सफल भएको छ । यस गीतमा चर्चित गायिका बिष्णु माझी र बाल कुमार श्रेष्ठको स्वर रहेको छ भने चर्चित गीतकार, संगीतकार शिब हमालको शब्द तथा संगीत रहेको छ ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायांकन, बिष्णु शर्माको सम्पादन, रेनिश फागोको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा चर्चित गायक कुलेन्द्र बिक र चर्चित नायिका मरिस्का पोखरेलको अभिनय हेर्न पाईन्छ ।

यस गीतलाई शाई भिजन प्रा.लि. ले दृश्य निर्माण गरेको हो भने चन्द्र सुर्य फिल्मस् प्रा.लि. ले बजार ब्यवस्थापन गरेको छ । कस्तो छ त गीत ? एक पटक अवस्य हेर्नुहोला । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv