आलमलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, कात्तिक ३ । बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलमलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । यो योसंगै उनीमाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ ।

पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

पहिलोपटक जिल्ला अदालतमा उपस्थित गराइँदा उनले वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन मानेका थिएनन् । दोस्रो पटक अस्वस्थ भएको भन्दै उनले बयान दिएका थिएनन् । आइतबार तेस्रो पटक उनलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv