नेपालले इङ्ल्यान्ड (सी) टिमसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं , कात्तिक ३ । नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

सन् २०२२ मा हुने कतार विश्वकप छनोट खेल खेलिरहेको नेपाली टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोलीले नोभेम्बर ७ मा म्यानमारसँग पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले २०२० मे २५ मा इङ्ल्यान्डको (सी) टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

विश्वकप छनोट अन्तर्गत नेपालले दशरथ रंगशालामा १९ नोभेम्बरमा होम खेल खेल्ने भएको छ । नेपाल कुवेतसँग उसैको घरेलु मैदानमा ७–० गोल अन्तरले पराजित भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv