इंग्लिस प्रिमियर लिग: सेफिल्ड युनाइटेडसँग आर्सनल पराजित

काठमाडौ, कात्तिक ५ । इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडले आर्सनललाई एक शून्यले स्तब्ध पारेको छ । सोमबार राति भएको खेलमा आर्सनललाई हराउँदै सेफिल्ड अंक तालिकाको नवौँ स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा सेफिल्डको जितमा लेस मोउसेटको एकमात्र गोल निर्णायक बन्यो । खेलको ३० औं मिनेटमा सेफिल्डका लागि मोउसेटले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसो त आर्सनलले तीन वटा उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन ।

उसका ७२ मिलियन पाउण्डमा अनुबन्ध भएका खेलाडी निकोलस पेपेले छ यार्डमा पाएको मौकालाई सदुपयो गर्न सकेनन् भने ग्रनीथ झाकाले पनि पाएको मौकालाई खेर फाले ।

प्रिमियर लिगमा बढुवा भएपछि सर्वाधिक ठूलो जित निकालेको सेफिल्डले रेलिगेसन जोनबाट चार अंकको दूरी बनाएको छ । यो हारले आर्सनललाई भने शीर्ष चार स्थानमा पुग्ने सुनौलो अवसर खेर गएको छ ।

पुरै खेलमा ६५ प्रतिशत बल पोसेसन बनाएको आर्सनलले पाएका मौकाको सदुपयोग गर्न नसक्दाल हार्नुपर्‍यो । यसअघि सेफिल्डले चेल्सीविरुद्ध पनि २ गोलले पछि परेको अवस्थामा बराबरी गरेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv