सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक

काठमाडौं, कात्तिक ५ ।छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजक संस्था एसएस इभेन्ट प्रालिसँग सो खेल प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक हुने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

एसएस इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेको सो सम्झौतासँगै प्रतियोगिताको नाम ‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स’ रहनेछ ।

आगामी पुसको २ गतेदेखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुर खेल मैदानमा हुने सो प्रतियोगितामा २४ वटा कर्पोरेट टिमको सहभागिता रहने पनि जानकारी गराइएको छ ।

प्रतियोगिताको बिजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन । त्यसैगरी विजेताले अर्को वर्ष सो प्रतियोगितामा निःशुल्क प्रवेश पाउनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv