सरकारले सुरु गर्‍यो सिनेमा हलमा “बक्स अफिस प्रणाली”

काठमाण्डौ, २ साउन । उपत्यकाका २० वटा सिनेमा हलमा साउन १ गते देखी बक्स अफिस प्रणाली लागु गरिएको छ । सुचना तथा संचार प्रबिधी मन्त्री गोकुल बाँस्कोटाले चलचित्र बिकास बोर्डको सभाहलमा बक्स अफिस प्रणालिको उद्घाटन गर्नु भयो । नेपाली चलचित्र निर्माताहरुले अब उपरान्त पारदर्शी हिसाबकिताब पाउने भएका छन ।

राजधानिका ११ वटा मल्टिप्लेस र ९ वटा सिङल थिएटरमा मंगलबारबाट कम्युटर मार्फत टिकट काट्न सुरु भएको छ । बाँकी हलहरुमा छिट्टै जडान गरिने चलचित्र बिकास बोर्डले जानकारी दिएको छ । मन्त्री बाँसकोटाले भने “उपत्यका बहिरका सिनेमा हलहरुमा पनि हलको भौतिक अवस्था हेरी आगामी दिनमा लागु गरिनेछ,बक्स अफिसका लागी बिबाद र दवाब धेरै थियो अन्तत: लागु गरेरै छोड्यौं अब बिदेशी बिज्ञापनमा पनि गरिने डबिङ प्रणालीको अन्त्य गरी नेपालीमै बनाउने नियम ल्याउन लागेका छौं ” मन्त्री बासकोटाले भने । देश भरिकै हलहरुको बर्गिकरण हुने बताउनु भयो ।

समुद्घाटन समारोहमा कलाकार तथा चलचित्रकर्मीको बाक्लो उपस्थिती रहेको थियो । भिडियो हेर्नका लागि तलको लिन्कमा क्लिक गर्नुहोला:-

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv