चलचित्र ‘पण्डित बाजेको लौरी’  शुक्रबार देखी प्रदर्शनमा

काठमाण्डौ ३ ,जेठ । दिपक वली निर्देशित चलचित्र ‘पण्डित बाजेको लौरी’  शुक्रबार देखी प्रदर्शन हुंदैछ ।   नेपालको समसामयिक बिषयबस्तुलाई लिएर बादी प्रथा बिरुद्द उठान गरिएको चलचित्रको त्यहाँ उपस्थित सबैले मुक्तकण्ठले प्रशंसा गरे ।

बुधवार प्रिमियर शोमा उपस्थित  रबी लामिछाने ,बिनोद मानन्धर ,बर्षा राउत ,सन्जोक कोइराला ,नाजिर हुसेन ,गौरभ पहारी ,बुद्दी तामाङ कर्मा शाक्य लगायत दाङ जिल्ला बाट निर्बाचित सभासद शान्ता चौधरीको पनि उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै सभासद चौधरीले नेपालमा कानुनी रुपमा यस्ता प्रथाहरु हटाईयता पनि व्याबहारिक रुपमा अझै पनि नहटेको कुरा ब्यक्त गर्दै आफु पनि कुनै बेला यस्तो कुकृतिको सिकार भएको बताइन र आगामी दिन दिनहरुमा सबै एकजुट भएर बिभिन्न ‘कु प्रथा’हरु बिरुद्दमा आवाज उठाउन आह्वान गरिन । साथै चलचित्रको खुलेरै प्रशंसा पनि गरिन । महेश दवाडीको लेखन रहेको चलचित्रमा थमन कुमार भण्डारी रहेका छन । चलचित्रमा प्रमोद अग्रहरी ,प्रबिन खतिवडा ,बिजय बराल ,भोराज सापकोटा ,सन्ध्या केसी ,मरिस्का पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv