पटाका आयातमा नियन्त्रण गर्न कडा चेकजाँच, राति १० बजेदेखि देउसी खेल्न नपाइने

काठमाडौं,कत्तिक ७ । यस पटकको तिहारमा पटाका आयातमा कडाइ गर्न लागि काठमाडौं छिर्ने विभिन्न नाकामा कडा सुरक्षा जाँच हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधबार प्रमुख जिल्ला अधिकारीको संयोजनमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जिवन आचार्यले बताए ।

तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजी, पटाका जस्ता प्रज्वलनशीत पदार्थको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा नियन्त्रण गरिने उनले जानकारी दिए। यसैगरी, घरधनीको स्वीकृति लिएर बिनाकरकाप राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने उनले प्रष्ट पारे।

चाडपर्वलाई लक्षित गरी कालोबजारी हुन सक्ने भएकोले वाणिज्य विभागसँग समन्वय गरी बजार अनुगमन गरिने जानकारी दिए । चाडपर्वमा चोरी, डकैती , लुटपाट हुने भएकोले सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइने उनले जनाए। जुवा, तास जस्ता खेलमा अवाञ्छित क्रियाकलाप हुन नदिन २४ घण्टा उच्च निगरानी बढाइने उनले प्रष्ट पारे ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsnia[email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv