फिफा वरीयतामा नेपाल ६ स्थान तल झर्यो

काठमाण्डौ , कात्तिक ७ । फिफा वरीयतामा नेपाल ६ स्थान तल झरेको छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ६७ औँ स्थानमा पुगेको छ ।

यसअघि एक सय ६१ औँ स्थानमा रहेको नेपाल पछिल्लो ६ महिनामा वरीयतामा धेरै तल गएको हो । विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेको कारण नेपालको वरीयता खस्केको हो ।

दक्षिण एसियाली देशमा नेपालभन्दा माथि रहेको माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५४ औँ स्थानमा पुगेको छ भने भारत दुई स्थान तल झर्दै एक सय ६ स्थानमा छ ।

यस्तै नेपालभन्दा तल रहेका अन्य दक्षिण एसियाली देशहरुमा बंगलादेश तीन स्थान सुधार गर्दै एक सय ८४ औँ स्थानमा छ । भुटान एक सय ८९ औँ स्थानमा पुगेको छ । यस्तै पाकिस्तान दुई स्थान सुधार गर्दै दुई सय १ औं स्थानमा र श्रीलंका एक स्थान तल झर्दै दुई सय ३ स्थानमा पुगेको छ ।

पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासँग ५(० र जोर्डनसँग ३(० ले पराजित भएको थियो । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv