राप्रपाका ५३ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

काठमाडौं, कात्तिक ७ । कमल थापा नेतृत्वको राप्रपाका ५३ नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् ।


बिहीबार काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपाका नेता पूर्णबहादुर बूढाको नेतृत्वमा डोल्पाका ५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई काँग्रेस पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पार्टीको केन्द्रीय समितिको बैठकअघि नवप्रवेशीलाई स्वागत गरिनेछ ।

आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवार चयनका साथै भ्रातृ संगठनको नेतृत्व चयन विषयमा टुंगो लगाउनका लागि काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv