प्रधानमन्त्री ओलीको शल्यक्रिया सफल

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यकृया पुरा भएको छ । प्रधानमन्त्री ओलीलाई एपेन्डिक्सको भएपछि तत्काल शल्यक्रिया गरिएको हो । भएको छ । करिब ४५ मिनेटमा प्रधानमन्त्री ओलीको शल्यकृया पुरा भएको हो ।

मृगौलाले स्वास्थ्य रुपमा काम गर्न नसकेको कारण डायलसिसमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अचानक एपेन्डिक्स भएपछि तत्काल शल्यकृया गर्नुपर्ने भएको हो । नियमित स्वास्थ्य परिक्षणका क्रममा ओलीलाई यस्तो समस्या देखिएको थियो । ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो गएका थिए । त्यहाँ चिकित्सकले उनलाई रोगवारे जानकारी दिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्न सल्लाह दिइएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा अरुण सायमीले जानकारी दिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv