अर्घाखाँचीमा बस दुर्घटना हुँदा १७ जनाको निधन

अर्घाखाँची,मङ्सीर १० । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा सत्र जनाको घटनास्थल र हस्पिटल लाँदै गर्दा बाटोमा निधन भएको छ। सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म सत्र जनाको घटनास्थलमा नै निधनभएको उद्दारमा खटेका प्रहरीले जानकारी दिए।
घाइते ११ जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्या’न गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण चने खुल्न सकेको छैन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv