स्वर्गिय कर्ण कुमार श्रेष्ठद्धारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे र गीत तथा गजल संग्रहित एल्बम ‘मनको सागर’ बिमोचन
स्वर्गिय कर्ण कुमार श्रेष्ठद्धारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे र गीत तथा गजल संग्रहित एल्बम ‘मनको सागर’ बिमोचन भएको छ ।

सोमबार राष्ट्रिय नाचघरको प्रेक्ष्यालयमा बरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथी शिक्षक इश्वरी भण्डारी,वरिष्ठ साहित्यकार तथा समालोचक लक्ष्मण गाम्नागे, साहित्यकार.समालोचक,चलचित्र निर्देशक तथा संचार्कर्मी प्रकाश सायमी,चर्चित संगीतकार राजु सिंह लगायत सो एल्बमका गायक गायीका र अन्य अतिथीहरु को उपस्थिती रहेको थियो ।

कार्यक्रममा अतिथी बक्ताहरुले श्रष्टा कर्ण कुमार को गजल र साहित्य को प्रशंशा गरेका थिए ।
सो कार्यक्रममा एल्बम र पुस्तक प्रकाशन गर्ने गाउने कलाकारहरु लाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

स्वर्गिय श्रेष्ठ चर्चित गायीका बिनु श्रेष्ठकी बुवा हुनुहुन्छ । स्वर्गिय श्रेष्ठ को जन्म २००० साल गढीथुम्का, इलाममा भएको हो । श्रेष्ठ साहित्य क्षेत्र सँग सँगै समाज सेवामा समेत कृयाशिल रही आउनुभएको थियो ।
