उपसभामुख पदबाट राजिनामा दिएकी शिवमायालाई प्रम ओलीले ‘सरप्राइज’दिने, पाउने भईन अर्को ठुलो जिम्मेवारी
काठमाण्डौं ,माघ ७ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पूनर्गठनको तयारीमा जुटेका छन् । प्रधानमन्त्रीनिकट स्रोतले दिएको जानकारीअनुसार यही माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचन पछि मन्त्री परिषद पुनर्गठन हुने बताइएको छ ।
प्रधानमन्त्रीले समाजवादी पार्टी सरकारवाट बाहिरिएसंगै अब राजपालाई सरकारमा सामेल बनाउँदै मन्त्रिपरिषद पूनर्गठन गर्ने तयारी थालेका छन् । सरकारमा अब राजपा नेपाल सहभागी हुने बताइएको छ । यसको लागि नेकपा र राजपा नेपालका प्रभावशाली नेताहरुबीच पछिल्लो समय छलफल चलिरहेको छ ।
अर्को कुरा, प्रतिनिधिसभाको उपसभामुखबाट सोमवार मात्रै राजिनामा दिएक डा। शिवमाया तुम्बाहाम्फेलाई पनि मन्त्री बनाउने चर्चा चलेको छ । शिवमायाले आफुलाई सभामुख बनाउन भन्दै प्रधानमन्त्री ओली समक्ष प्रस्ताव राखेकी थिइन् ।
उनले आफुलाई सभामुखको दावेदार मान्दै आएको भएपनि नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार घोषणा गरेपछि शिवमायाले राजिनामा दिएकी हुन् । पटक पटक भएको भेटघाट र छलफलमा शिवमायाले आफुलाई सभामुख बनाउन माग राख्दै आएकी थिइन् । उपसभामुखबाट राजीनामा दिनु अघि शिवमायालाई प्रधानमन्त्रीले मन्त्रीको प्रस्ताव गरेको सुनिएको थियो । तर, उनले आफू मन्त्री बन्न ईच्छुक नभएको जवाफ दिएकी थिइन् ।
यो पटकको मन्त्रिमण्डल पूनर्गठनमा ओलीले राजपाबाट दुई जना मन्त्री सरकारमा सहभागी गराउने योजना बनाएको थाहा भएको छ । यस्तो हुँदा अहिलेका केही मन्त्रीहरुलाई उनले विदाई गर्नसक्छन् । निवर्तमान उपसभामुख डा। तुम्बाहाम्फेलाई भने राम्रै मन्त्रालय दिने ओलीको चाहना रहेको बुझिएको छ ।