घरै डोजरले भत्काइदिदै, बच्चादेखि वृद्धसम्मका थामिएनन आँसु

झापा, माघ १९ । झापाको कमल गाउँपालिका वडा न पाँचमा रहेको एउटा गाउँ नै डोजरले भत्काउन सुरु गरिएको छ । गाउँमा नै रुवाबासी मच्चिएको छ । करिब दस घर भत्काइ सकिएपछी अन्य एकसय चालीस घरपनि भत्काउने सुचना दिइएको छ भनेर स्थानियले जानकारी दिए । धेरै बर्ष अगाडी नै बसेको बस्ती अहिले आएर एकाएक उठाउन खोजिएपछी बालकदेखि वृद्धसम्मका आँसु थामिएका छैनन ।

रुदै दिनरात बितिरहेको ऊनीहरुको आफ्नो घरबार नै उठाउने भनेपछी कतै जाने ठाउँ नभएको बताउदै वृद्ध आमाबुबाले आँसु नै खसाले । स्थानीय सरकारलाई गुहार्न जादा पनि कसैले वस्ता नगरेको र वडा अध्यक्षले त झन त्यो बस्ती अनि बस्तिका कोहि पनि चिन्दिन भनेको ८० बर्सिय वृद्ध आमाले रुदै बताइन ।

आफ्नो दु:ख बताउदै उनिहरुले बर्सौ दुख गरेर बनाएको झुप्रो घरपनि भत्काएर आफुलाइ घरबारै बिहिन बनाउने योजनाको बिरोध गरेर आफुहरु घर भत्काउनु भन्दा अगाडी बाटोमै सुत्ने बताउदै डाको छाडे ।

कोहि गर्भवती महिला रहेको कोहि वृद्ध रहेको र जाने कतै ठाउँ नभएकाले कतै जाने केही खाने पनि ठेगाना नभएका कारण एक सय पचास घरको बिचल्ली नै भएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv