बास्कोटामाथि कलाकार दीपकराजको कडा व्यङग्य -“उज्यालो हुन नपाउँदै हेप्नी ? “

काठमाण्डौं, फागुन ८ । सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ । सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ । स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थिए ।

बास्कोटा यस्तो अडियोमामाथि धेरैले सामाजिक संजालबाट व्यग्य प्रहार गरेका छन् । समाचार बाहिरिएसँगै हास्यकलाकार दीपकराज गिरीले सांकेतिक रुपमा कडा व्यङग्य गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत स्टाटस लेख्दै भनेका छन् ‘मिर्मिरे उज्यालो पनि हुन नपाउँदै, भाले पनि नबास्दै ‘हेप्नी ?’ । युट्युवमा सार्वजानिक गरिएको सो अडियो रेकर्डमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको जदूतावाससँग सम्बन्धी प्रसंग जोड्ने एक व्यक्तिसँग गरेको कुराकानीमा आर्थिक लेनदेनको प्रसंग उल्लेख गरिएको छ।

१२ गते १२ बजेपछि स्वीस एम्बेसी भेट्न आउने र उसलाई मन्त्रीले समय दिनुपर्ने प्रसंगबाट शुरु भएको टेलिफोन कुराकानीमा के का लागि मन्त्री बाँस्कोटाले ७० करोड रकम माग गरेका हुन् भन्ने कुराचाहिं स्पष्ट छैन तर यो अडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv