निराकार भगवान शिवको जन्मभएको रात्रि – शिवरात्रि

काठमान्डौं, फागुन ९ । हिन्दु संस्कृतिमा मनाइने ४ रात्रीहरु मध्ये फागुन महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिलाइ देबहरुको पनि देब महादेव शिबले निराकार रुपबाट सकार रुप अवतरण भएको रात्रिको रुपमा मनाइन्छ । मानब समाजमा यस पर्वको महत्व अत्यन्त गहन छ । शिबपुराण अनुसार ब्रम्हा र बिष्णुको तपस्याबाट खुशी भएका महादेव यसै दिन लिङ्ग रुपमा उत्पन्न हुनु भएकोले यस दिनको बिशेष महत्व रहेको मानिन्छ । लिङ्गपुराण अनुसार मृगको सिकार गर्न गएका ब्याधाले समेत संयोगबस दिनभरि भोकै बेलघारीमा लुकेर मृगको प्रतिक्षा गर्दा मृगको बाटो हेर्दा तोडमोडले बेलपत्रबाट नजानेरै बेलघारीमा रहेको शिबलिङ्गको पूजा हुन् पुगेकोले भोलिपल्ट उज्यालो हुनासाथ उक्त ब्याधा सशरीर स्वर्ग जान पाएको बर्णन पाइन्छ ।

शिब शब्दको शाब्दिक अर्थ कल्याण मानिन्छ अत : बिस्व ब्रमाण्डलाइ नै कल्याण गर्न सक्ने एक मात्र तत्व परब्रम्ह नै भएकोले सोहि परब्रम्ह पदबाचक तत्व नै शिब हुन् भन्ने बुझिन्छ । शिवरात्रि पर्वको उत्पति लिङ्ग शब्दसंग जोडिएको छ किनकी महादेवले लिङ्ग रुप धारण गर्नु भएको दिनलाई शिवरात्रि भनिएको हो । यहाँ लिङ्ग शब्द स्वम ब्रमाण्डको पर्याय बाचक भएर रहेको छ ” आकाश लिङ्ग र पिठिका ( लिंगलाई घेरेर रहने वृत भाग ) लाइ पृथ्वी मानिछ , यही नै सबै देवताको आलय (रहने ठाऊँ) र लय (बिलय हुने ठाउँ ) भएकोले लिङ्ग भनिएको हो । अनादी काल देखि महादेवले सृस्टीको क्रम संचालन गर्न निराकार रुपबाट साकार रुप तर्फ आउदा तसै दिन लिङ्ग ( ब्रमाण्ड ) रुप धारण गर्नु भएकोले त्यसै दिन देखि भगवान शिबको जन्म भएको ठानी सो को सम्झनामा यस दिनलाई शिवरात्रि पर्वको रुपमा मनाउने गरिएको हो भन्न सकिन्छ ।

भक्त बत्सल शिव भगवान मात्र शिघ्र प्रसन्न भएर भक्तलाई वरदान दिने हुनाले धेरै देवी-देवता, दानब, यक्ष, गन्धर्व, अप्सरा, किन्नरहरुले महादेवलाई प्रसन्न तुल्याई मन चाहे बरदान प्राप्त गरेको शिव पुराण लगाएत बिभिन्न पुराण तथा पौराणिक कथाहरुमा बर्णन गरिएको पाइन्छ । सनातन धर्मलाइ मान्ने हिन्दु धर्माबलम्बिहरुले पनि महाशिवरात्रीको पावन अवसरमा शिवजीको बिधिपुर्बक पूजा गरि चतुर्दशी तिथिमा निराहार रहनु पर्दछ । भगवान शिवको मूर्ति या शिवलिंगलाई शुद्ध गंगा जल चढाइ पन्चामृतले स्नान गराएर रात्रिको चारै प्रहरमा ‘ॐ नमः शिवायः’ मन्त्रले बेल पत्रको साथ सेतो फूल रुद्राक्ष, भाङ अर्पित गरि नैबेध्य चडाइ धूप, दीप बालेर व्रत बसी पूजा अर्चना गर्नाले शुभ फल प्राप्त हुने छ । ॐ नम: शिवाय: । लेखक परीवेश मल्ल ठकुरी ठकुरी सहयोग संजालका बरिष्ठ सल्लाहकार हुनुहुन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv