ब्लड क्यान्सर सँग लड्दै २७ महिनाकी प्रनिशा ठकुरी,सबैमा सहयोगको याचना गरिन आमाले (भिडियो )

काठमाण्डौं,फागुन १३ । २७ महिनाकी प्रनिशा ठकुरी ब्लड क्यान्सरका कारण मृत्‍यु सँग लडिरहेकी छिन् । बाबु रित ठकुरी र आमा पम्फा ठकुरीको पहिलो सन्तानको रुपमा जन्मिएकी छोरी जस्लाई लिएर ठुलो सपना देखेका बाबु आमाको सपना त्यती बेला तुहियो जब २७ महिनाकी प्रनिशालाई ब्लड क्यान्सर भएको थाहा पाए ।

हाल उनको कान्ती बाल अस्पातल काठमाण्डौंमा उपचार हुँदैछ । कलिलो मुनालाई लागेको ब्लड क्यान्सर जस्तो डरलाग्दो रोगको सिकारले उनको शरीर सिथिल भै सकेको छ ।

अझ उनको त्यो सिथिल शरीरमा धारिलो सुइ घोच्दा भएको पिडा त हेर्नै सक्दिनन आमाले । यो त पहिलो पटकको उपचार हो अझ ४ बर्ष सम्म यसरी नै सहनु पर्नेछ प्रनिशालाई ।

मध्यम बर्गिय परिवार बाबुको ड्राइवरको जागिरले पक्कै पनि उनको उपचारको आर्थिक पाटो धान्न सकेको छैन, त्यसैले त आमाको मलिनो अनुहारले हामीलाई पनि भावुक बनायो । के सोध्ने के नसोध्ने ।

छोरी पाए पनि हुर्काएर ठुलो मान्छे बनाउने देखेको सपना चकनाचुर हुँदा बिछिप्त भएकी आमाले आफ्नो बिलौना हाम्रा सामु पोखिन

आफुले कमाएको सम्पूर्ण छोरी कै लागि खर्चिएका बाबु आमाको त्यो अनुहारमा आशाका किरण तब देख्न पाईएला जब सहयोगी हातहरुले उनको दु:खमा मलहम लगाएको सुन्न पाइयोस ।

आउनुहोस् तपाई हामीले सकेको सहयोग गरौं । यी सानी नानीको जीवनमा खुशीको रङ छरौं ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv