काँठे दोहरीमा कलाकारको जम्काभेट ७२ सालको भुकम्प सम्झे पछी भावुक भए कलाकार (भिडियो )

काठमान्डौं, फागुन १८ । यती बेला काठमान्डौको टुंडीखेलमा राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ सुरु भएको छ । मध्यमाअञ्चलका ठेट लोक भाका गाउने कलाकारहरुको जमघट भएको छ ।

“काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नाराका साथ काठमाडौंमा शुरु भएको काँठे लोक दोहरी महोत्सवमा भाग लिन आएका कलाकारहरु सँग पर्यटन बर्ष २०२० लाई लक्षित गरी गाउन अनुरोध गरेपछी दोहरी गाउन खप्पिस लोक दोहरी कलाकार पार्वती बानिया (नुवाकोट) र केदार गजुरेल (सिन्धुपाल्चोक)ले आ-आफ्ना जिल्लाको बर्णन गरेका थिए । तर सिन्धुपाल्चोकबाट सहभागी हुन आएका कलाकार पार्वती बानियाले केदार गजुरेलको जिल्लामा २०७२ को भुंईचालोले बिनाश गरेको टुक्का जोड्दा एका एक दोहरी मै भावुक भएका थिए ।

केदार गजुरेलले नेपाली सेनामा जागिरे हुँदा नुवाकोटको नौ तले दरबार र बेस क्याम्पमा बसेको टुक्का जोडेर नुवाकोट जिल्लाको पर्यटन क्षेत्रको बर्णन गरेका थिए । दुबै जना सँग लिएको दोहरी गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv