प्रधानमन्त्री के पी ओली ले आठ दिनपछि आफूलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई भेटे

काठमाडौं,फागुन २८ । मिर्गौला प्रत्यारोपणको आठ दिनपछि बल्ल आफूलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई भेटेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई धन्यवाद दिएका छन्। समीक्षाको बुधबार नै डिस्चार्ज भएको छ।

समीक्षाको छातीमा आवाज आएपछि उनलाई निमोनियाको आशंकामा औषधि चलाइएको थियो। प्रधानमन्त्रीकी भाञ्जी नाता पर्ने समीक्षाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिएकी हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा समीक्षाले प्रधानमन्त्रीलाई कस्तो छ मामा? भनेर सोधेकी थिइन्।

जवाफमा ओलीले आफू निको हुँदै गएको र मिर्गौला दान गरेकी समीक्षालाई धन्यवाद दिएका थिए।

फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको दोस्रो पटक स्वदेशमै मिर्गौला प्रत्यारोपण भएको हो।

ओलीको मिर्गौला प्रत्यारोपण र शल्यक्रियामा प्रा. उत्तमकुमार शर्मा, प्रा. प्रेमराज ज्ञवाली, प्रा. दिव्या सिंह शाह, प्रा. अनन्त कुमार, पवनराज चालिसे, सुमन चापागाईँ र सुजित पौडेल १६ चिकित्सक सहभागी थिए। डा. अनन्त कुमार नेतृत्वको चिकित्सकीय टिमले ओलीलाई पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको थियो। प्रधानमन्त्री ओलीको ०६४ सालमा भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv