१० बर्ष देखी ठगेको र चक्रे मिलनको नामले धम्याउने ब्यक्तीको यसरी भयो पर्दाफास (भिडियो सहित )

काठमाण्डौं फागुन ३० । पास्कल रोकायाले घुस मागेको पीडित नर्स आफूले फेसबुकमा रहेको सिटिइभिटीको ग्रुपमार्फत रोकाया सित कुराकानी भएको स्पष्ट पारिन् । उनले भनिन्,‘म पास भएपछि म सँग पैसा मागेको थियो ।’

नेपाल नर्सिङको रिजल्ट अगाडि नै रोकायसँग आफ्नो कुरा भएको उनले बताईन् । नेपाल नर्सिङ काउन्सिलमा पास गराउन चार्ज लाग्छ र तिमीले ७० हजार दिनुपर्छ भन्दै रोकायाले घुस मागेको उनको गम्भिर आरोप छ । यसो नगरे रोकायाले नर्सिङ काउन्सिलको डकुमेन्टलाई रद्द गराईदिन्छु भन्दै धम्कीसमेत दिएको उनले सुनाईन् ।

घुस रकम दिन नमानेपछि आफ्नो तस्बिर र गलत खबर लेखेर चरित्र हत्या गर्न खोजेको पनि ती पिडित नर्सको गुनासो थियो । ‘यस्ता प्रकारका गतिविधि गर्ने व्यक्तिलाई जतिसक्दो चाँडै कानूनकोदायरामा ल्याई कारवाही गर्नुपर्छ ।’–उनको माग छ । हेर्नुहोस् भिडियो:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv