समातिए मास्कको कालो बजारी गर्ने नेपाल प्रहरीद्धारा अठहत्तर हजार थान माक्स बरामद

काठमाण्डौं,चैत २ । बिशेष सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वर र महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटिएको संयुक्त प्रहरी टोलीद्धारा मास्कको कालो बजारी गर्नेलाई पक्राउ गरेको छ ।

शनिबार बानेश्वर र महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटिएको संयुक्त प्रहरी टोलीद्धारा मास्कको कालो बजारी गर्नेलाई अठहत्तर हजार थान मुखमा लगाउने माक्स सहित पक्राउ गरेको हो ।

काठमाण्डौं महानगरपालिका वडा न. १५ डल्लु आवसमा मिन्टु तामाङ्गले संचालन गरेको महांकाल मन्जु श्री ट्रेर्डसमा नेपाल प्रहरीले छापा हानेको जनाएको छ ।

बजारमा कृत्रिम अभाव हुने गरि माक्स लुकाई छिपाई बढि मुल्यमा बिक्री बितरण भईरहेको अवस्थामा उक्त स्थानमा गई रित पुर्वक छापामारी खानतलासी गर्दा ७८००० थान माक्स बरामद भएको हो ।

सो कार्यमा सलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गरि थप अनुसन्धान मनप्र वृत्त स्वयम्भुवाट भई रहेको नेपाल प्रहरी काठमाडौँ परिसरका प्रवक्ता प्रनाउ होमिन्द्र बोगटीले जानकारी दिए । रु ५ भन्दा कम पर्ने माक्सलाई मुल्य रु ३१ कायम गरि बिक्री बितरण गर्न लागिरहेको देखिएको र निजहरुलाई कालोबजारी ऐन अन्र्तगत कारवाही हुने प्रहरीले जनाएको छ । (समाचार स्रोत:पत्रकार बिनोद कटुवालको वालबाट )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv