देश दुख्छ – अनु शाह (गजल )

पराई माटो टेके पछि छाती भरि देश दुख्छ
देशको हालत देखे पछी छाती भरि देश दुख्छ ।

कल्पनामा सु-सम्पन्न बिकाशका कुराहरु
कवितामा लेखे पछी छाती भरि देश दुख्छ ।

आफु भन्दा प्यारो मेरो देश भित्र जता ततै
हिंसा मात्रै भेटे पछी छाती भरि देश दुख्छ ।

जानी जानी छिमेकीले जनक बुद्ध मेरो भनि
यथार्थलाई रेटे पछि छाती भरिदेश दुख्छ ।

आफन्त कै षड्यन्त्रमा परेको छ मेरो धर्ति
सन्तानले नै बेचे पछी छाती भरि देश दुख्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv