“इन्डो-नेपाल रोलर स्केटिङ च्यम्पियनशिप-२०१८”सम्पन्न

काठमान्डौ ९ भदौ । “इन्डो-नेपाल रोलर स्केटिङ च्यम्पियनशिप-२०१८”सम्पन्न भएको छ । “फिट वेल सेभेन स्पोर्ट एकेडेमी क्लब”ले उक्त प्रतियोगिताको आयोजनामा गरेको हो । काठमाण्डौंको “बुल्स स्टेडियम” नक्खुमा सम्पन्न उक्त प्रतियोगितामा भाग लिन भारतबाट ७ जना र नेपालबाट १५० जना बिद्यार्थी सहभागी भएका थिए ।

५०० मिटर र १००० मिटर स्केटिङ बिधामा ६ बर्ष देखी १६ बर्ष सम्मका विद्यार्थी प्रतीयोगीले भाग लिएको आयोजकले जनाए । भारतबाट मनोज कुमार,एस सुखबिर सिंह, नेपालबाट सतिश श्रेष्ठ लगाएतका प्रक्षिकहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथीहरु माधव प्रसाद ढुङेल (उपाध्यक्ष राष्ट्रिय खेलकुद परिषद ),चर्चित नायक निखिल उप्रेती, उपेन्द्र पौडेल ( सदस्य,राष्ट्रिय खेलकुद परिषद) ले बिजेता खेलाडिहरुलाई प्रमाणपत्र तथा मेडल बितरण गर्नुभयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv