सडकमा पानी बेच्दै गीत गाउने समीरको स्वर कोइलिको जस्तै

काठमाण्डौ १३,भदौ । सडकमा पानी बेच्दै गीत गाउने समीरको स्वर कोइलिको झै छ, उनी कपी, किताब किन्न गीत गाउनुको साथै पानी पनि बेच्छन् ।

केहि महिना अगाडीबाट जब अशोक दर्जी चर्चामा आए त्यसको ट्रेन्ड समाउदै धेरै बालकहरु चर्चामा आउन थालेका हुन् । बाल प्रतिभा धेरै जन्मिनुमा शोकको हात छ भन्दा फरक पर्दैन । किन कि जाभा अशोक हिट भए तब धेरैले बाल प्रतिभालाई धेरैले प्राथमिकता दिदै आए ।

बिशेष गरी गीत गाउदै चर्चामा आउने उनीहरुको भिडमा फेरी अर्का बालकपनि आएका छन् । उनको नाम हो शमिर आचार्य । श्रीगणेश हिमाल बोर्डिङ्ग स्कुलमा ५ कक्षामा पदने शमिरले गीत निक्कै राम्रो गाउछन् । उनको बाबा आमा सडकमा चस्मा बेच्छन् ।

त्यस्तै बिदाको दिन शमिरले पनि मिनिरल वाटर बेचेर केही रकम कमाउछन् । पानी बेचेर आएको पैसाले उनी आफ्नो किताब, कलम किन्ने गर्छन् । यी परिश्रमी बालकको स्वर पनि उत्तिकै मिठो छ । उनी चाडैनै आफ्नो गीत सार्वजनिक गर्ने तयारीमा छन् । हेरौ तिनै बालकको स्वर र उनको जीवन भोगाईको कथा



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv