धनगढीमा समेत कोरोना संक्रमित भेटिए

काठमाण्डौं,चैत १४ । नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

काठमाडौं बाहिर प्रदेश ७ को धनगढीमासमेत कोरोना संक्रमित भेटिएपछि यसको संक्रमण देशभर रहेको अनुमान गरिएको छ।

कोरोना संक्रमणको आशंकमा काठमाडौंका तीन अस्पतालमा १७ जनाको उपचार भइरहेको छ। कान्ति बाल अस्पतालमा ९ जना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा ४/४ जना गरेर १७ जनाको आइसोलेशनमा उपचार भइराखेको छ। टेकु अस्पतालमा उपचार गराइरहेका एक जनालाई भने डिस्चार्ज गरिएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv