सरकारले आज देखी ८ दिनका लागि लकडाउन थप

काठमाण्डौं,चैत २५ । सरकारले आज देखी ८ दिनका लागि लकडाउन थपगरेको छ । सोमबार मन्त्री परिषदको बैठकले बैशाख ३ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

सो अवधी पुरा नहुँदै पुन चैत २५ गते सम्मको लागि थपिएको थियो । सुदुरपच्छिमका केही जिल्लामा फेरी नयाँ संक्रम फेलापरे पछी सरकारले लकडाउन अवधी थप्दै कडाइ गरेको हो ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन लम्ब्याएर कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv