कोरोनाले मन कुँढिएको छ-जनार्दन अर्याल (कविता )

काठमाण्डौं,चैत २९ ।
कोरोनाले मन कुँढिएको छ
केहि गर्ने जाँगर छैन
कति दिन वाँच्नु पर्ने हो
यो ठगको जिन्दगी ।

(१)

केहि दिन अगाडि सम्म
म नाफको जिन्दगी वाँचेको
घोषणा गर्थे साथि संगिहरु
आराम गर्ने सुझव दिन्थे
अहिले बरु सोह्रकाहरु लखतरान
म श्रष्टा
केहि नयाँ सिर्जनाको प्रयासमा छु ।

(२)

दैनिकी केहि फरक छ मेरो
कहिल्यै नवोल्नेहरु पनि
गफ्फिन आईपुग्छन मोवाइलमा
देश खुलेपछि एक दिन रमाइलो गर्नु पर्छ
घरज्वाईँ लाइ खानकै धन्दा ।

(३)

हात धुनोस्
ततोपानी खानोस्
वास्तविक भन्दा
फेसवुके डाक्टरहरुको सुझाव धेरै
देशहाँक्न तम्सिने पत्रकार,
व्यवसायी, शिक्षक
सङ्कटमा सबै डाक्टर
सबै प्रधानमन्त्री
अचम्मको देश छ मेरो ।

(४)

खाने मस्त खाइरहेछन
नसक्ने भोकै
राहत हुनेखानेकै हातमा
एउटीको श्रीमान
गाडाचलाएर पाँचजना पाल्थे
अर्किको रिक्सा चलाएर
छजनाको गुजारा चल्थ्यो
सबै वन्द
हातखुट्टा वन्द
यस्तै यस्तै पन्ध्रजनाले
अञ्जलीको माध्यमबाट
ज्यान धानिरहेछन्
मेरो दैनिकी
आजकल यस्तै यस्तै छ
नाफाको जिन्दगी

-अर्याल



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv