कोरोनाले त्रसित भएको बेला गायिका बुनु को आयो यस्तो गीत (भिडियो सहित )

काठमाण्डौं,बैशाख, २ । यति बेला कोरोना भाइरसका कारण बिश्व भरि ज्यान गनेको संख्या १ लाख १४ हजार बढी भएको छ । कोरोनाको प्रभावले यतिबेला विश्वभर त्रास फैलिरहेको छ । दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्यामा वढोत्तरी भइरहेको छ । संसारको जुनसुकै मुलुकमा भएपनि एउटा नेपालीले आफ्नो देश, आफ्नो परिवार, आफन्त सम्झेर आफु परदेशमा रहेको पीडालाई मनन गरिरहेका छन् ।

यस्तो अवस्थामा सवै परिवार एकै ठाउँमा रहनु पर्नेमा विरानो देशमा विरानो भई आफ्नो देश सम्झेर बस्नु परेको र जस्तोसुकै भएपनि आफ्नै देशमा जान पाए र बरु आफ्नै देशमा मर्न पाए सन्तोष मिल्ने थियो भन्ने कुरा एउटा परदेशीको वेदना यस गीतमा पोखिएको छ । यस्तो विपतलाई जितेर सवै हाँसी खुशी गरी बाँच्न पाउन, अझै नयाँ वर्षमा सवैमा खुशियाली छाओस भन्ने भावना गीतमा समेटिएको छ ।

निकै मार्मिक ‘सुखद समाचार’ बोलको सार्वजनिक गीतमा भूपेन्द्र रायमाझीको शब्द,संगीत र संगित संयोजन रहेको छ । गीतमा गायिका वुनु श्रेष्ठको स्वर रहेको छ । स्टुडियो साउण्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक यस गीतमा ध्वनी मुद्रण मिश्रण महेश्वरमान राजभण्डारीले गर्नु भएको हो । विरेन्द्र भाट विपिनले भिडियो सम्पादन गरेका हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv