दुई लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना

२०७७ बैशाख २ । विस्वब्यापी रुपमा फैलिएको कोरोनाभाइरस (COVID-19) को महामारीबाट सिंगो मानवजाति नै अहिले असहज परिस्थितिबाट गुज्रिरहेको बिस्व सन्दर्भमा अस्ट्रेलियामा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीहरु अझ बढी प्रभावित भएको वास्तबिकतालाई महशुस गरी COVID-19 को कारणले गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्यूनिकरण गर्ने अभिप्रायले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि संचालित संस्था एक्स्पर्ट फाउन्डेसनले एक्स्पर्ट फाउन्डेसन परिवारको नाममा आईतवार, १२ अप्रिल २०२० का दिन सूचना जारी गरी २ लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना गर्ने जुन घोषणा गरेको छ यो अत्यन्तै प्रसंशनिय छ । सेवा नै धर्म हो । संपूर्ण एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज टिमलाई यो महान कामको लागि हार्दिक बधाई एबं यो टिमप्रति हार्दिक आभार ! – लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ ।

श्रेष्ठ अगाडि लेख्नुहुन्छ – कोरोनाभाइरस (COVID-19) को महामारीबाट अस्ट्रेलियामा अध्ययनरत अन्तरास्ट्रिय विद्यार्थीका अभिभावकहरु पनि अहिले प्रभावित भएको र यहाँ रहेका बिद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलाइ पनि मध्यनजर गर्दै यो निर्णय गरी एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीहरुप्रति आफ्नो पहिलो दायित्व एबं अभिभावकत्वबोध गरेर यो कोषबाट एक लाख पचास हजार अस्ट्रेलियन डलर उहाँहरुको सहयोगका लागि र अन्य अन्तरास्ट्रिय बिद्यार्थीहरुको सहयोगमा क्रियाशिल बिभिन्न सामाजिक संघ संस्थाहरु मार्फत सहयोग गर्ने गरी पचास हजार अस्ट्रेलियन डलर छुट्याइएको छ ।

पछिल्लो छ: महिना यता अस्ट्रेलिया आएका बिद्यार्थीहरु सबैभन्दा बढि प्रभावित भएको महशुस गरी पहिलोपटक १ अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलिया आएर रोजगारी नै नभएका, रोजगारी भएर पनि महामारीका कारण रोजगारी गुमाएका र एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई उनीहरुको आधारभूत आवश्यकता पुरा गर्नका लागि केही हदसम्म भने पनि सहज होस भन्ने उद्देश्यले आफ्ना बिभिन्न राज्यमा भएका कार्यालय तथा सम्पर्कहरु मार्फत उक्त कोषबाट सहयोग गरिनेछ । उक्त सहयोग आवश्यक हुने बिद्यार्थीहरूले फाउन्डेसनको यो लिंकमा ( https://eevs.co/covid19-assistance) गई रजिस्ट्रेसन गर्न र सहयोग प्राप्त गर्न चाहिने योग्यतासम्बन्धि जानकारी लिन सक्ने जानकारी गराएको छ – श्रेष्ठ लेख्नुहुन्छ ।

जारी गरिएको सूचनाबारे श्रेष्ठ अगाडि लेख्नुहुन्छ – यो समय एकार्कामा सहयोग, सद्भाव कायम गर्दै धैर्यतापुर्बक मानबिय भावनाका साथ अगाडि बढ्ने समय भएको र सरकारी निकायहरुबाट जारि गरिएका नियम तथा संदेशहरुको पूर्ण पालना गर्दै यो महामारीबाट आफु र सिंगो समाजलाइ सुरक्षित राख्न आ-आफ्नो ठाउंबाट पहल गर्न सबैमा हार्दिक अनुरोध गर्दै COVID-19 बाट प्रभावित बिद्यार्थीहरुलाई कुनै पनि सल्लाह चाहिएमा [email protected] मा ईमेल गर्न पनि बिज्ञप्तिमा अनुरोध गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv