घर पठाउने बहानामा स्थानिय सरकार र बस ब्यावसायीको यस्तो लुट (भिडियो सहित )

काठमाण्डौं,बैशाख ११ । सरकारको लकडाउनको अवज्ञा गर्दै कोटेश्वर,जडिबुटी लोकन्थली र पेप्सीकोला क्षेत्रमा मंगलबार देखी एकाएक बेलुका बस चल्न थालेको छ । ती बसहरु धेर जसो कोशीपारी, रामेछाप, दोलखा,खोटाङ जाने यात्रुहरुका लागि संचालन गरिएको हो ।


लकडाउनको बेला काठमाण्डौंमा अलपत्र परेका,समस्यामा परेका नागरिकका लागि भनेर स्थानिय तहका जनप्रतिनिधीको सक्रियतामा अनौपचारिकरुपमा संचालनमा ल्याइएको बसले जथाभावी भाडा लिएको बुझिएको छ । हामीले सो बिषयमा दोलखा जाने एक यात्रु सँग कुरा गर्दा उनले भने “अरु बेला पाँच सय भाडा थियो भने यति बेला एक हजार देखि बढि नै भनेको छ” हामीलाई सुनाए ।


यता यात्रु सँग भाडा उठाउने र उता स्थानिय सरकारले निःशुल्क बस सेवा गरेको बारे फरक भनाई आउँदा लकडाउनको बेला बस संचालन कसरी र को बाट भएको हो स्पस्ट हुन सकेको छैन । काठ्माण्डौंमा भोकै मर्नु भन्दा गाउँ मै मर्नु बेस भनेर कोचाकोच भएपनि गाउँ पर्कने यात्रीहरुलाई यस्तो बेलाको अवसर छोप्न नदिन सरकार चनाखो हुन जरुरी छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv