नेता बामदेवको प्रेस नोट -भ्रमको खेती अति भयो साथीहरूको

काठमाण्डौं,बैशाख १४ । नेकपाका उपाध्यक्ष बामदेव गौतमको प्रेस नोट फेसबुक मार्फत सार्वजनिक भएको छ । उनको नोट कपीमा हाफ्नै हातले लिखित नोट फेसबुकमा सार्वजनिक भएको हो । नोटमा भ्रमको खेती अति भयो साथीहरूको भन्ने भनाइ राख्दै उनले लेखेकाछन –

हिजो (१३) गते प्रधानमन्त्री र मेरो बिच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ । पार्टी भित्र र पार्टी र सरकारका बिच अनी अन्य पार्टी र सरकारका बिच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएका थिए । समय र परिस्थिती प्रतिकुल जारीहरु खारेज गरिए पछी पनि अनेकौं समस्या पार्टी भित्र उत्पन्न भएका छन । यी समस्या समाधान पार्टी भित्र र पार्टीलाई बाइपास गरेर होइन प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका समस्याको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ सचिवालय स्थाई कमिटी र आवश्यक परे केन्द्रिय कमिटिको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नुहोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँँ । वहाँले धैर्यतापुर्वक मेरो सल्लाह सुन्नुभयो,थोरै बोल्नु भयो म बिदा भएर आएँ । भएको यती हो सबैलाई यो लिन बिनम्र अनुरोध गर्छु ।

अहिले केपि ओलि सरकारको विकल्प खोजिएको बिषयले कोरोनाको त्रास भन्दा पनि बढी राजनीतिक तरङले तहलका मच्चाइरहेको छ । गत बैशाख ८ गते प्रधानमन्त्री ओली ले ल्याएको अध्यायदेशलाई बैशाख १२ मा पुन: खारेज गरे पछी नेकपामा तरङ ल्याएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv