डा सुरेन्द्र यादव अपहरण प्रकरणमा जाहेरी दिन नेताहरु टेकुमा (फोटो फिचर)

काठमाण्डौं,बैशाख १४ । डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा जाहेरी दिन जनता समाजवादी पार्टीका नेताहरु टेकुमा पुगेका छन । आफ्ना पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई सरकार र प्रहरीका पुर्व प्रमुख (आइजिपी) ले अपहरण गरेको भन्दै समाजवादी पार्टी नेपालले उजुरी दर्ता गरेको छ ।


प्रहरीका पुर्व आइजिपी सर्बेन्द्र खनाल र नेकपाका सांसद महेश बस्नेत किसन श्रेष्ठले बुधबार अपहरण गरी काठमाडौं ल्याएर होटेलमा बन्दी बनाएको भन्दै समाजवादी पार्टी का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र केन्द्रिय अध्यक्ष उपेन्द्र यादव महानगरीय प्रहरी परिसर टेकु पुगेका हुन् ।

ऊनीहरुको साथमा राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि टेकु पुगेका छन् । उजुरीमा अपहरणमा संलग्न सबैलाई ५ वर्ष थुनामा राख्न माग गरिएको छ । तस्बिर प्रदीप राज वन्त



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv