लकडाउनमा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको छोराको विवाह
बिर्तामोड,बैशाख १५ । हिन्दु धर्ममा वैशाख महिना त्यसै पनि विवाहका लागि उत्तम महिना मानिन्छ । यो महिनामा धेरै विवाहका साइत हुन्छन् । आइतवार पनि विवाहको लगन थियो । त्यही साइतमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला आफ्नो छोराको विवाहका लागि बिर्तामोडमा जन्ती लिएर गए ।
विभिन्न संघ संस्थामा रहेर सामाजिक काममा सक्रिय बन्दै आएका दम्पती ओमकृष्ण बिमली र पार्वता बिमलीकी जेठीछोरी मनिसा बिमलीसंग सिटौलाका छोरा श्यामबाबुको विवाह भएको हो । विश्वव्यापी भएको कोरोनाका कारण सरकारले अति आवश्यक काम गर्नका लागि मात्र छुट दिएको छ त्यसका लागि पनि विभिन्न प्रावधान तोकिएको छ ।

नेता सिटौला राजनीतिक ब्यक्तित्व र बिमली परिवार पनि ब्यापारकि घरानाको भएकाले सामान्य अवस्थामा विवाह भएको भए भब्य हुने आँकलन गर्न सकिन्छ । तर लकडाउनमा गरिएको विवाहलाई सिटौला परिवार र विमली परिवारले निकै सादगी र तरिकाले गरेका छन् ।
विवाह हुनु कुनै नौलो कुरा होइन तर आज लकडाउ रहेको अबस्थामा आयोजना भएको विवहा भने अन्य समयको भन्दा रोचक र अनौठो बनेको थियो । नेता सिटौला बेहुला छोरा र आफ्ना दुई जना अंग रक्षक र अरु ३ जना गरि ७ जनाको संख्यामा झापाको भद्रपुर स्थित चन्द्रगढीबाट जन्ती लिएर वेहुलीको घरमा पुगेका थिए । बेहुलीको घरमा पनि धुमधाम थिएन । करिब १५ जना ब्यक्ति सामाजिक दुरी कायम राख्दै जन्तीको स्वागतका लागि बसेका थिए ।

आएका जन्तीलाई प्रवेश गर्नु अघि गेटकै छेउमा राखेको साबुन पानीले हात धुन लगाईयो, हात धोई सकेपछी सेनिटाईजर हातमा लगाएर मात्र प्रवेश गराइएको थियो । सबैले अनिवार्य रुपमा मास्क प्रयोग गरेका थिए, घर पट्टिकाले पनि सबैले मास्क लगाएका थिए ।
निकै साधारण गरिएको विवाहमा बाजागाजा केही थिएन, महोल शान्त र सुनसान थियो । परिवारका सदस्य र जन्ती सबैले सामाजिक दुरी कायम राखेका थिए भने सबैले अनिवार्य माक्स लगाएका थिए । जन्ती गएका सिटौला र बेहुला पनि माक्समै पुगेका थिए । विवाहको कर्मगर्दा आलोपालो गरिएको थियो । तस्बिर आमसंचारवाट
