ओली सरकार बिरुद्ध काँग्रेस जसपा र राजपाको मोर्चाबन्दी

काठ्माण्डौं,बैशाख १५ । नेपाली काँगेस संघिय संसदमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस पार्टी,जनता समाज पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी का सिर्ष नेताहरुको बैठक सम्पन्न भएको छ ।

बैठकमा ३ बुंदे सहमतीमा सिर्ष नेताहरु नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा,जनता समाजवादी पार्टीका तर्फ बाट उपेन्द्र यादव,शरद सिंह भण्डारी,र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाश चन्द्र लोहनी ले हस्ताक्षर गरेका छन ।

बुंदामा भनिएको छ : लोकतान्त्रिक मुल्य र मान्यतालाई कुल्चिंदै यो सरकार सर्वसम्मतवाद तर्फ अग्रसर भएको स्पस्ट छ । हामीले यो प्रब्रितिको घोर भत्सर्ना गर्दछौं र यस किसिम को स्वइच्छारी र सर्वसत्तावादी प्रव्रिती बिरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्ती एकताबद्ध भई संघर्ष गर्ने प्रतिवद्दता ब्यक्त गर्दछौ ।

सरकार को मुल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उदश्य प्राप्तिकालागी सरकारको समेत संलग्नतामा सांसद डा सुरेन्द्र यादव अपहरण काँण्डले नेपाली जनता आक्रोसित भएका छन । यस्ता अपराधीक कार्यको यो बैठक घोर भत्सर्ना गर्दछ र अपराधमा संलग्न ब्यक्तीहरुलाई तत्काल कानुनी कार्वाही अगाडि बढाउन माग गर्दछ ।

कोरोना भाईरसको संक्रमणको संदर्भमा गरिएको लकडाउनको अवधीमा जनताका न्युनतम आवश्यकता पुर्ती गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्युन गर्न आवश्यक राहत र कुनै ठोस् कार्य योजना सरकारले दिन सकेको छैन । यस् अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस् योजना प्रस्तुत गर्न माग गर्दछ । साथै कोरोना भाईरसको यथार्त स्थिती पत्तालगाउन आवश्यक टेस्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिब्रता दिने यो बैठक माग गर्दछ । भनिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv