रहेन् बलिवूड अभिनेता ऋषी कपुर

मुम्बई ,बैशाख १८ । बलिउड अभिनेता ऋषि कपुरको ६७ बर्षको उमेरमा निधन भएको छ ।

उनको स्वास्थ्यमा खराबी आएपछी मंगलबार एचएन रिलायंस फ़ाउंडेशन अस्पतालमा भर्ना गरिएको थियो । ऋषी कपुर का दाजु रणधीर कपूरले भारतीय समय अनुसार बिहान ८ बजेर ४५ मिनटमा निधन भएको पुष्टि गर्नुभएको छ ।

सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेका थिए । उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्। हिँजो मात्र एक वलिउड नेताको निधन भएको छ । क्यान्सरवाट दुई वर्ष सम्म लडेका इरफान खानको वुधवार निधन भएको हो ।

१९७३ मा चलचित्र बाबी बाट उनले आफ्नो फिल्मी यात्रा सुरु गर्नु भएको थियो । बालकलाकारको रुपमा श्री ४२० मेरा नाम जोकरमा पनि खेल्नु भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv