नेपालगन्जमा कोरोना संक्रमण जोखिम भए पछी कोहलपुरमा लाग्यो बार

कोहलपुर,बाँके, बैशाख २२ । नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण बिरामी भेटिए पछी कोहलपुरमा उच्च सतर्कता अपनाउँदै स्थानियहरुले बाटो बन्द गरेका छन । स्थानियले अत्यावश्यक काम बाहेक कोहलपुर ८ गोल्छा तिर प्रवेश निषेध भन्दै बार लगएका हुन ।

बाँकेको नेपालगन्जमा एकैदिन ९ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा चैत २२ गते संक्रमण दोस्रो चरण अर्थात् स्थानीयमा प्रवेश गरेको घोषणा गरेको थियो। संयुक्त अरब इमिरेट्स (यूईए)को दुबईबाट फर्किएका कैलालीका संक्रमित युवाकी भाउजूमा पोजिटिभ देखिएसँगै संक्रमण दोस्रो चरणमा पुगेको थियो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv