स्वस्तिमालाई हलिवूड बाट आयो यस्तो अफर

काठमाण्डौं,बैशाख २९ । स्वस्तिमाले भनेको कुरा पुरा भयो भने उनी नेपाली फिल्म क्षेत्रमा पहिलो पटक अन्तराष्ट्रिय फिल्ममा अभिनय गर्ने नायीका हुनेछन् । उनले एउटा अमेरिकन फिल्ममा काम गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छन् । सो कुरा उनले पुष्टि गरेकी छन् । स्वस्थितमा अमेरिकन फिल्ममा भुटानी युवतीको अभिनय निभाउने बताइएको छ ।

तर स्वस्तिमाले फिल्मका लागि सम्झौता भएको भएपनि आफ्नो त्यसमा कस्तो भूमिका हुने भन्नेवारे भने खुलाएकी छैनन् । छोटो समयमा आफ्नो करिअरलाई नेपाली फिल्ममा स्थापित गर्न सफल नायिका मध्य स्वस्थितमा पनि एक हुन् । कुनै समयमा स्वस्तिमालाई फिल्ममा लिन निर्देशकहरु सजिलै तयार हुन्थेनन् । तर पनि उनी चलचित्र क्षेत्रमा चर्चीत कलाकार भने हुन् ।

पछिल्लो समय फिल्म ‘बुलबुल’बाट उनको चर्चा अझ चुलिएको हो । उनले विश्वासै गर्न नसकिने खालको भूमीका सो फिल्ममा निभाएकी छन् । निकै जिवन्त अभिनय गरेकी उनी अन्तराष्ट्रिय सम्मान पनि सोही फिल्मवाट पाइन् । फिल्मले उनलाई अन्तराष्ट्रिय स्तरमा चर्चीत बनायो । विश्वभर अहिले करिब एक तिहाई नागरिक लकडाउनका कारण घर भित्रै छ । नेपालमा पनि लामो समय देखिको लकडाउनले नेपाली फिल्म क्षेत्रमा निकै प्रभाव परेको छ । लकडाउन खुलिसकेपछि पनि नेपाली फिल्म फस्टाउन केही समय अवस्य लाग्नेछ ।

यहि बीच नायिका स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा काम गर्न लागेको खबर बाहिरीएसंगै फिल्म क्षेत्रका लागि अवसरको ढोका खुलेको आभाष पाउन सकिन्छ । पछिल्लो समय ‘बुलबुल’बाटै राष्ट्रिय अवार्ड समेत हात पार्न सफल नायिका स्वस्तिमा एक अमेरिकन समूहले निर्माण गर्न लागिएको अमेरिकन फिल्मको लागि अनुबन्ध भएको जानकारी उनले दिएकी छन् ।

तर निर्माण पक्ष, अन्य कलाकार र निर्देशकको वारेमा भन्ने कुनै जानकारी बाहिरिएको छैन । स्वस्तिमा स्वंयमले पनि विस्तारै सबै जानकारी आउने बताएकी छिन् । आफु अडिशन मार्फत फिल्मको मूख्य पात्रमा चयन भएको र लिखित सम्झौता भएको उनले बताएकी छन् । फिल्मका अन्य कलाकारहरु हलिउडकै रहने बताइएको छ । लकडाउन पछि फिल्मको छायाँकन शुरु हुने दावी गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv