नेपालको भुमिमा २१ बर्ष लगाएर भारतले यसरी बनायो सडक,सिमाबिद् हेमन्त सेढाई को नयाँ खुलासा (भिडियो सहित)
काठमाण्डौं, बैशाख २९ । नेपालको भुमिमा २१ बर्ष लगाएर भारतले ७८ किलोमिटर बाटो बनाइ उद्घाटन गर्दा सम्म पनि चुप लागेर बस्नु सरकारको नालायकीपन भएको सिमाबिद् हेमन्त सेढाई ले बताउनु भएको छ । सोमबार नियात्रा टिभी का पत्रकार रतन चन्द लाई अन्तर्वाता दिंदै उक्त कुरा बताउनु भएको हो ।
अन्तर्वाता कै क्रममा वहाँले भन्नु भयो “कलापानी,लिपुलेक र लिम्पियाधुरा जुन नेपाल को तीन सय बहत्तर दसमलब १ बर्ग किलोमीटर भुभाग छ, यो बिबाद भने चै आज देखी सिर्जना भएको बिबाद होइन र अहिले जुन चै भारत नोभेम्बर दुई २०१९ मा आफ्नो राजनीतिक नक्सामा नेपालको ३७२।१ बर्ग किलोमिटर भने साढे तीन वटा भक्तपुर जिल्ला बराबर जती आफ्नो राजनीतिक नक्सामा हाली सकेपछी यो बिबादले फेरी एकपटक नेपालको राजनीतिक माहोल तताएको अवस्था छ । यो बिबाद हुँदा हुँदै उस्ले आफ्नो राजनीतिक नक्सामा हाल्यो,दुई पक्षरुपमा बार्ताको निमित्त आवहाँन हुँदै थियो,परराष्ट्र सचिव स्तरिय नेपाल सरकार र भारतीय सरकार बिच गृहकार्य हुँदै थियो ,फेरी अहिले आएर मे ८ को दिन भारतले ७८ किलोमिटर,नेपाल कै भुभाग २२ किलोमिटर बाटो चै राखेर अहिले सडक निर्माण गरेको छ । यो तत्कालाई बनेर उद्घाटन भएको होइन ।
यो त १९९९ देखी सुरु भएको रहेछ यो परीयोजना । २१ बर्ष सम्म यो परियोजना संचालन भयो,२१ बर्ष सम्म बिभिन्न परिवर्तन भए ६२। ६३ को आन्दोलन देखी लिएर बिचमा राजनीतिक परिवर्तन पनि देखियो । सरकारमा नेपाली काँग्रेस देखी लिएर तत्कालिन नेकपा एमाले,माओवादी केन्द्रका नेताहरु पटक पटक सरकार प्रमुख पनि भए तर त्यो सिमा समस्यामा कसैको नजर पुगेन त्यसकारणले गर्दा अहिले यो भारतीय पुर्व गृहमन्त्री र बर्तमान रक्षामन्त्री राजनाथ सिंह ले भिडियो कन्फ्रेन्समार्फत सडकको उद्घाटन गरेको कुरा टुइटर मार्फत बाहिर ल्याउनु भयो । धार्चुला हुँदै मानसरोवरको तिर्थ यात्राको निमित्त मोटर बाटो बनाए । हेर्नुहोस् भिडियो :-
यो २१ बर्षको बिचमा ६ वटा प्रोजेक्ट संचालन भएको देखिन्छ , यो २१ बर्षमा ६ वटा प्रोजेक्ट संचालन भएको कसरी देखिन्छ भने गलवाघाट देखी माल्पा सम्म १० किलोमिटर पहिलो प्रोजेक्ट,माल्पा देखी बुङ्दी सम्म ९ किलोमिटर दोस्रो प्रोजेक्ट,बुङ्दी बाट गुन्जी सम्म १८ किलोमिटर तेस्रो प्रोजेक्ट,गुन्जीबाट कालापानी ८ किलोमिटर चौंथो प्रोजेक्ट,कलापानीबाट नाबीगाढ ८ किलोमिटर पाँचौं प्रोजेक्ट र नाभिढांङ बाट ताक्लाकोट सम्म २५ किलोमिटर छैठौं प्रोजेक्ट सकिए पछी यो बाटोको उद्घाटन भएको हो ।
यो छैठौं प्रोजेक्ट कहिले बाट सुरुभयो भन्ने हो भने जब नरेन्द्र मोदी प्रधानमन्त्री हुनु भयो पहिलो पटक वहाँको चाइना भ्रमण भयो र वहाँ को समकक्षी सँग एउटा सम्झौता भएको थियो चाइना सँग ट्रेड एण्ड ट्रान्जिटको सम्बन्धमा २०१५ मे १५ को दिन र त्यतीखेर सम्झौता हुँदाखेरी उक्त सम्झौताको २८ नम्बर बुंदामा उल्लेख गरिएको बताउनु भयो ।